बाजुरा ः बाजुराको त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव बुद्धी प्रसाद उपाध्याय हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार खटाइएका उपाध्याय सोमबार नगरपालिकामा औपचारिक रुपमा हाजिर भएका हुन् ।
मन्त्रालयले २०८३ वैशाख पहिलो साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कार्यरत उपसचिव उपाध्यायलाई त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित कामकाजका लागि खटाएको थियो ।
यसअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत शाखा अधिकृत टेकबहादुर मौनीलाई खप्तड छेडदह गाउँपालिकामा सरुवा गरिएको छ । मन्त्रालयले दरबन्दी अनुसार त्यहाँ पनि प्रशासकीय अधिकृत खटाएको जनाएको छ ।
लामो समयपछि दरबन्दी अनुसारकै उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत प्राप्त भएपछि नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले उपाध्यायलाई भव्य स्वागत गरेका छन् ।
नगरपालिकाले उपाध्यायको प्रशासनिक अनुभव, नेतृत्व क्षमता र कार्यकुशलताले सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउनुका साथै समग्र विकास निर्माणका काममा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।





प्रतिक्रिया