बाजुरा ः त्रिवेणी नगरपालिकाको समन्वयमा कादुरी एग्रिकल्चर एन्ड एसोसिएसन (केएएए बिजिएन) द्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। आइतबारदेखि सुरु भएको शिविर चार दिनसम्म सञ्चालन हुने जनाइएको छ।
नगरपालिकाको वडा नं. ४ तोलीस्थित देवलडाँडा माध्यमिक विद्यालयमा २०८३ वैशाख २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने शिविर बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म चल्नेछ।
नगर प्रमुख कर्णबहादुर थापाका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच, मोतिबिन्दुको शल्यक्रिया, दाँत उपचार तथा आवश्यकता अनुसार दाँत निकाल्ने सेवा प्रदान गरिनेछ।
त्यसैगरी, शिविरमा रगत, दिसा तथा पिसाब परीक्षण, मुटुको ईसीजी, भिडियो एक्स-रे लगायतका अन्य स्वास्थ्य परीक्षण तथा उपचार सेवा पनि उपलब्ध गराइने नगर उप-प्रमुख कमला न्यौपाने बताएकी छन् ।
स्थानीय नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।





प्रतिक्रिया