गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२३
Dho

त्रिवेणी नगरपालिकाको १४ हिउँदे अधिवेशन सुरु

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष २९, २०८०
त्रिवेणी नगरपालिकाको १४ हिउँदे अधिवेशन सुरु

बाजुरा -  जिल्लाको त्रिवेणी नगरपालिकाको १४ औं नगर सभा तथा हिउदे अधिवेशन शनिबारबाट सुरु  भएको छ । हिउँदेको समयावधी सकिनु पुर्व नै गरिसक्नुपर्ने प्रावधान भएकाले नगरपालिकाले शनिबारबाट नगर सभा सुरु गरेको कार्यालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष गणेश साँउदले बताएका छन् । 

“शिक्षा ,स्वास्थ्य ,सडक र पर्यटन त्रिवेणीको पुर्वाधार,सामुहिक तथा व्यवसायिक कृषि  समृद्धिको आधार” भन्ने मुल नाराका १४ औं नगर सभा संचालन भएको हो । शनिबारबाट सुरु भएको हिउदे नगर सभामा दुई वटा  कार्यविधी पेश गरिएको वडाध्यक्ष साँउदले बताए । 

उनका अनुसार आज भएको नगर सभामा नगर प्रमुख कर्णबहादुर थापाले छलफलका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको नाटेश्वरी  क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधी २०८० र अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्य विधी २०८० सभामा पश गरिएको वडाध्यक्ष साउँदको भनाई रहेको छ ।

नगर सभामा नगर प्रमुखले पेश गरेका कार्य विधी सभामा छलफलका लागि पेश भएका छन् । दफाबार छलफलपछि कार्यविधीलाई पूर्णता दिने उनले भने । नगर सभा माधी पर्व कारण दुई दिन स्थगित भएको छ । नगर सभा २ गतेबाट पुनः संचालन हुने वडाध्यक्ष साउँदकाे भनाइ छ । 

नगरपालिकालाई समृद बनाउन र करको दायरा बढाएर आर्थिक समृद्ध बनाउने गरी नगर सरकारले कार्य विधी बनाएर अघि बढ्ने बताइएको छ ।नगरका नागरिकलाई सहज रुपमा वडास्तरबाट नै सेवा प्रदान गर्न र नगरपालिकाले अभिभावकत्व भूमिका निर्वाह गर्न पालिका सरकार जनताका पक्षमा उभिनुपर्नेमा सभामा छलफल भएको नगरपालिकाले जनाएको छ । 

नगर प्रमुख कर्णबहादुर थापाको अध्यक्षतामा संचालन भएको  नगर सभामा उप प्रमुख कमला जैशी(न्यौपाने),९ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,नगर सभाका सदस्य र कर्मचारीहरु सहभागी रहेका थिए । 

प्रतिक्रिया