धनगढी ः नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे सतिसाल भएर उभिने बताएका छन् । धनगढीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले शक्ति र संख्याको दम्भमा सरकारले लोकतन्त्र नियन्त्रण गर्न खोजे कांग्रेस सतिसाल भएर उभिने बताएका हुन् ।
`अर्थतन्त्र सुधार र राष्ट्रियताको सवालमा सरकारलाई साथ रहन्छ,´ उनले भने, `शक्ति र संख्याको आधारमा लोकतन्त्रलाई लहडतन्त्र र नियन्त्रण गर्न खोज्छ भने कांग्रेस सतिसाल बनेर उभिन्छ । हाम्रो स्वभाव पनि त्यही हो ।´
थापाले प्रदेश सरकारमा एमालेसँगको सहकार्य तत्काल नटुट्ने पनि बताए । `प्रदेशमा जुन ढंगले सरकार चलेका छन्, सोही ढंगले चल्छन्,´ उनले भने । प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्नेमा बताउँदै उनले त्यसमा निगरानी भने पार्टीले राख्ने बताए ।
उनले शेरबहादुर देउवाको योगदानको अवमूल्यन नहुने बताउँदै आफूहरु देउवाको शुभचिन्तक भएको बताए । देउवाविना सम्भव छैन भन्नेहरु उहाँलाई सक्न लागेको तर्क थापाले गरे ।





प्रतिक्रिया