गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२८

ग्रामीण नागरिकलाई गाउँमै स्वास्थ्य सेवा : माझपालीमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख २६, २०८३
ग्रामीण नागरिकलाई गाउँमै स्वास्थ्य सेवा : माझपालीमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न

बाजुरा ः गौमुल गाउँपालिका-३ माझपाली स्थित माझपाली आधारभूत स्वास्थ्य चौकीमा वडा कार्यालयको समन्वयमा वडा स्तरीय एकिकृत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

“स्वास्थ्य चेकजाँच गरौँ, स्वस्थ रहौँ” भन्ने मूल नारा सहित सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण सेवा प्रदान गरिएको हो ।

वडा अध्यक्ष गोरख बोहराका अनुसार शिविर विशेषगरी ग्रामीण भेगका नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको थियो ।

शिविरमा महिला सम्बन्धी स्वास्थ्य परीक्षण, दीर्घरोग जाँच, सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको उनले जानकारी दिएका छन् ।

स्वास्थ्य शिविरमा ६५ पुरुष र ९१ महिला गरी कुल १ सय ५६ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविर मार्फत स्थानीय नागरिकको स्वास्थ्य अवस्थाको प्रारम्भिक परीक्षणसँगै आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो ।

कार्यपालिका सदस्य कौशल विकले यस्ता वडा स्तरीय एकिकृत स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुगेको बताएका छन् ।

उनका अनुसार नियमित स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरण बढाउनुका साथै समयमै उपचार पाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

शिविरमा खटिएको स्वास्थ्यकर्मी टोलीले विभिन्न रोगसम्बन्धी परीक्षण, परामर्श तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै स्थानीय बासिन्दालाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेको थियो । आयोजकले आगामी दिनमा पनि वडा तहमा यस्ता एकिकृत स्वास्थ्य शिविरलाई निरन्तरता दिने जनाएको छ ।
 

प्रतिक्रिया