बाजुरा ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) गौमुल गाउँ कमिटीको १२ औँ पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले पार्टी संगठनलाई अझ सुदृढ, सक्रिय र जनमुखी बनाउने उद्देश्य सहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
गाउँ कमिटी अध्यक्ष मोहन रोकायाका अनुसार बैठकले प्रत्येक वडा कमिटीका बैठकहरु नियमित सञ्चालन गर्ने, पार्टीका गतिविधिलाई गाउँस्तरसम्म प्रभावकारी रुपमा विस्तार गर्ने तथा वर्तमान राजनीतिक परिस्थितिबारे व्यापक छलफल गरेको छ । उनले गौमुलमा एमालेको संगठनात्मक एकता, कार्यकर्ता उत्साह र जनआधार अझ मजबुत बन्दै गएको बताएका छन् ।
बैठकमा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा, जिल्ला कमिटी सदस्यहरु गोरख बोहरा, अमर विक, देव रोकाया, गीता रोकाया, देवेन्द्र रोकाया, शान्ति विक लगायत गाउँ कमिटी तथा वडा तहका नेता-कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सहभागी नेताहरुले पार्टीको नीति, संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउने विषयमा धारणा राखेका थिए ।
बैठकले गाउँपालिकाका सबै वडामा संगठन बलियो, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने अभियानलाई तीव्रता दिने निर्णय समेत गरेको छ ।
साथै, पार्टीभित्रको आपसी सहकार्य, अनुशासन र एकतालाई थप बलियो बनाउँदै एमाले गौमुलमा अझ शक्तिशाली रुपमा अघि बढिरहेको सन्देश बैठकले दिएको छ ।
नेता तथा कार्यकर्ताहरुले गौमुलमा एमाले प्रतिको जनविश्वास निरन्तर बढिरहेको उल्लेख गर्दै विकास, सुशासन र जनहितका मुद्दामा पार्टी दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





प्रतिक्रिया