गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२८

गौमुल-२ मा एकीकृत स्वास्थ्य शिविर तथा पूर्ण खोप सुनिश्चितता घोषणा सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २४, २०८३
गौमुल-२ मा एकीकृत स्वास्थ्य शिविर तथा पूर्ण खोप सुनिश्चितता घोषणा सम्पन्न

बाजुरा ः गौमुल गाउँपालिका-२ नम्बर वडा कार्यालयमा “स्वास्थ्य चेकजाँच गरौँ, स्वस्थ रहौँ” भन्ने मूल नारासहित वडा स्तरीय एकीकृत स्वास्थ्य शिविर तथा पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम वडा अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय नागरिकको सहभागिता रहेको थियो । शिविरमा गौमुल गाउँपालिका स्वास्थ्य शाखाका डाक्टरसहितको स्वास्थ्य टोली तथा वडाका स्वास्थ्यकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो ।

स्वास्थ्य शिविरमार्फत सर्वसाधारणलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको छ । त्यसैगरी, कार्यक्रममा बालबालिकाको नियमित खोप सुनिश्चितता, खोप अभियानको प्रभावकारिता तथा दिगोपनाबारे जानकारी गराउँदै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको वडा अध्यक्ष रोकायाले बताएका छन् ।

स्वास्थ्य शिविरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पहुँच पु¥याउनुका साथै जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया