गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४३

गौमुल-४ मा एमाले थप सक्रिय, सदस्यता नवीकरण अभियान सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २४, २०८३
गौमुल-४ मा एमाले थप सक्रिय, सदस्यता नवीकरण अभियान सुरु

बाजुरा ः नेकपा (एमाले) गौमुल गाउँपालिका-४ नम्बर वडा कमिटीको नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा कार्यालयको केन्द्र निलासैनमा बसेको बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज अमर विकको नेतृत्वमा बृहत् छलफल गरिएको हो ।

गौमुल-४ मा भने एमालेले आफ्नो संगठनलाई अझ मजबुत बनाउँदै सदस्यता नवीकरण अभियानलाई तीव्रता दिएको जनाएको छ ।

वडा इन्चार्ज अमर विकको सक्रियतामा वडाभर एमालेको संगठन सुदृढ रहेको र पार्टीप्रति कार्यकर्ताको उत्साह उच्च रहेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

बैठकले वडाका प्रत्येक टोलमा पुगेर संगठित सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, पार्टीलाई जनस्तरसम्म थप प्रभावकारी बनाउने, युवा पुस्तालाई पार्टीसँग जोड्ने तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने रणनीति तय गरिएको वडा कमिटीले जनाएको छ ।

बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज अमर विक, गाउँ कमिटी अध्यक्ष माेहन राेकाया सहित स्थानीय नेता-कार्यकर्ता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले एमालेप्रति जनविश्वास अझै मजबुत रहेको भन्दै गाउँस्तरमा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया