बाजुरा ः गौमुल गाउँपालिका-६ बसाला दाउँरे गाउँमा रहेको घटाल आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ५ की छात्रा संगीता चँदाराको असामयिक निधन भएपछि विद्यालय परिवार शोकमग्न बनेको छ।
विद्यालयले एक शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय छात्राप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। विद्यालयद्वारा जारी सूचना अनुसार २०८३ साल वैशाख २२ गते छात्रा चँदाराको निधन भएको हो।
उनको निधनबाट सम्पूर्ण विद्यालय परिवार स्तब्ध तथा दुःखी भएको जनाएको छ। विद्यालयले शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेको छ।
शिक्षक-स्टाफ बैठकको निर्णय अनुसार २०८३ वैशाख २३ गते विद्यालयका सम्पूर्ण नियमित पठनपाठन तथा अन्य क्रियाकलाप बन्द गरी शोक बिदा दिइएको विद्यालयले जनाएको छ। विद्यालय परिवारले दिवंगत छात्राको आत्माको चिरशान्तिको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ।





प्रतिक्रिया