गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४१

गौमुल गाउँपालिकामा भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा पठायो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख २३, २०८३
गौमुल गाउँपालिकामा भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा पठायो

बाजुरा ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गौमुल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन उक्त पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत कुमारधर भट्टलाई पठाएको छ ।

गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत अभावका कारण प्रशासनिक कामकाज, योजना कार्यान्वयन र सेवा प्रवाहमा विभिन्न चुनौती देखिँदै आएका थिए ।

निमित्त नेतृत्व मार्फत पालिका सञ्चालन हुँदा निर्णय प्रक्रिया ढिलो हुने, योजनाहरू समयमा सम्पन्न नहुने तथा सेवाग्राहीले झन्झट व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो रहेको थियो ।

सरोकारवालाहरुका अनुसार प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिले पालिकामा प्रशासनिक स्थायित्व कायम भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने भएको छ । 

प्रतिक्रिया