गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०१:०९

गौमुललाई क्षयरोगमुक्त बनाउने अभियान तीव्र : गाउँपालिकामा व्यापक छलफल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख १५, २०८३
गौमुललाई क्षयरोगमुक्त बनाउने अभियान तीव्र : गाउँपालिकामा व्यापक छलफल

बाजुरा ः गौमुल गाउँपालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्यसहित सरोकारवाला निकायबीच व्यापक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरा र गाउँपालिकाको स्वास्थ्य शाखाको संयुक्त आयोजनामा आज सम्पन्न कार्यक्रममा स्थानीय तहमा क्षयरोगको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरुबारे विस्तृत रुपमा विमर्श गरिएको हो । 
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, विभिन्न वडाका अध्यक्षहरु, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख लालबहादुर खड्का लगायत स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले गाउँपालिकाभित्र क्षयरोगको प्रभावकारी नियन्त्रणका लागि तत्कालै प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गरी सक्रिय रुपमा बिरामी पहिचान गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलका क्रममा समुदायस्तरमै जनचेतना अभिवृद्धि, समयमै परीक्षण र उपचारको पहुँच विस्तार तथा जोखिममा रहेका व्यक्तिहरुको पहिचानलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

साथै, स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै क्षयरोगमुक्त गौमुल निर्माण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गाउँपालिकाले आगामी दिनमा नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै क्षयरोगको रोकथाम, पहिचान र उपचारलाई सशक्त बनाउने योजना अघि सारेको जनाएको छ ।
 

प्रतिक्रिया