गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०२:०१

बुबाको आत्मदाह प्रयास रोक्न खोज्दा छोरी पनि जलिन्, दुवैको अवस्था गम्भीर

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख १५, २०८३
बुबाको आत्मदाह प्रयास रोक्न खोज्दा छोरी पनि जलिन्, दुवैको अवस्था गम्भीर

काठमाडौं : घरायसी विवादका क्रममा पेट्रोल छर्किँदा आगो लागेर बुवा–छोरी गम्भीर घाइते भएका छन् । प्यूठान नगरपालिका-९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घरायसी झगडाका क्रममा बुवा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गरेका थिए । सोही क्रममा छोरी अञ्जलीले रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको र दुबै जना जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

घाइते दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पतालमा गरिएको र अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया