गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४२

बालविकास माविमा वैशाख १५-२० गतेसम्म भर्ना तथा पुस्तक वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १४, २०८३
बालविकास माविमा वैशाख १५-२० गतेसम्म भर्ना तथा पुस्तक वितरण

बाजुरा ः गौमुल गाउँपालिका-३ माझपालीमा रहेको बालविकास माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धी सूचना जारी गरेको छ ।

विद्यालयले वैशाख १५ गतेदेखि २० गतेसम्म भर्ना तथा पुस्तक वितरण कार्य सञ्चालन गर्ने प्रधानाध्यापक तीर्थ चौधरीले बताएका छन् ।

विद्यालय प्रशासनका अनुसार वैशाख २१ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन हुने भएकाले अभिभावकहरुलाई आफ्ना नानीबाबुहरुलाई तोकिएको समयमा विद्यालयमा भर्ना गराई सहयोग गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी, भर्नाका लागि आउने सम्पूर्ण विद्यार्थीहरुले अनिवार्य रुपमा अभिभावक सहित उपस्थित हुनुपर्ने विद्यालयले जनाएको छ । विद्यालयले समयमै भर्ना प्रक्रिया पूरा गरी नयाँ शैक्षिक सत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै पक्षसँग सहकार्यको अपेक्षा गरेको छ ।

May be an image of text

प्रतिक्रिया