गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०२:०१

बाजुरा-कालिकोट सिमानामा जेसीबी दुर्घटना : १५० मिटर तल भीरमा खस्यो, दुई जना फसेको आशंका

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख १३, २०८३
बाजुरा-कालिकोट सिमानामा जेसीबी दुर्घटना : १५० मिटर तल भीरमा खस्यो, दुई जना फसेको आशंका

बाजुरा ः बाजुरा र कालिकोटको सिमानास्थित लैफु डाँडामा आज बिहान एक जेसीबी दुर्घटनामा परेको छ। २०८३ साल वैशाख १३ गते बिहान भएको उक्त घटनामा सडकबाट करिब १५० मिटर तल भिरमा जेसीबी खसेर अड्किएको स्थानीय बिमल धामीले जानकारी दिएका छन्।

प्रारम्भिक विवरण अनुसार दुर्घटनापछि जेसीबी चालक घटनास्थलबाट फरार भएका छन्। साथै, दुई जना व्यक्ति जेसीबीभित्रै फसेको आशंका गरिएको छ। उनीहरुको अवस्था बारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ भने स्थानीयबासीले सम्बन्धित निकायलाई शीघ्र उद्धार कार्यका लागि अपिल गरेका छन्। उद्धार टोली घटना स्थलतर्फ जाने तयारीमा रहेको जनाइएको छ।

प्रतिक्रिया