गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४३

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २३, २०८२
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

काठमाडौं : आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले आइतबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो।

मध्यपूर्वमा भएको युद्धले मुलुकमा पेट्रोलियम संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ। निर्णय गरेलगत्तै आइतरबार नै राजपत्रमा सूचना प्रकाशित भएको हो।

कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ४ बजे कार्यालय बन्द हुनेछन्। यसैबीच राष्ट्र बैंकले पनि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेको छ।

 

प्रतिक्रिया