घट्मुना ः कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ ।
कुमारी बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको कुमारी बैंक शाखा, कार्यालयले समेत विभिन्न कार्यक्रम गरेर मनाएको प्रबन्धक रोशन चन्दले बताएका छन् ।
बैंकले अफ्ना सम्पूर्ण शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशै भरि वर्षै भरि गर्न “समुदायका लागि कुमारी बैंक” कार्यक्रमको थालनी गरेको छ ।
यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जीवन स्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।





प्रतिक्रिया