गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३३
Dho

गरिब नागरिकको ‘सहारा’ बुढीगंगा

गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष २५, २०८०
गरिब नागरिकको ‘सहारा’ बुढीगंगा

बाजुरा : बाजुरा जिल्लाको भौगोलिक विकटता र पिछ्डिएको पालिकाम मै पर्छ बुढीगंगा । जिल्ला सदरमुकाम मार्तडीे सडक पहुँचका कारण दुरीका हिसाबले नजिक । साँफे–मार्तडी सडक खण्डले छोएको हुनाले सडक सबै गाउँ–गाउँमा पुगेको छ । झट्ट हेर्दा अरुलाई लाग्छ विकास गर्न त्यति कठिन छैन् । तर जत्तिको अरु ठाउँमा विकास गर्न कठिन छ त्यति नै यहाँ पनि छ । 

बुढीगंगा नगरपालिका अरु भन्दा सानो भएपनि जनसंख्याको हिसाबले सबै भन्दा बढी छ । भौगोलिक बनावट मिलेको देखिएपनि विकास गर्न कठिन नै छ । जतिसुकै अप्ठेरोको बीचमा पनि बुढीगंगा पूर्वधार निर्माणदेखि नगरभित्रका नागरिकका आधारभूत आवश्यकता पुरा गर्न अब्बल हुँदै आएको देखिन्छ । अन्य विकाससंगै नगरभित्रका सबै नागरिकले समान हुनुपर्छ भन्ने कुरालाई सावित गर्न थालेको छ ।

बाजुरा जतिसुकै सम्भावना बोकेको जिल्ला भएपनि गरिबी, भोकमरी, बेरोजगारी र अभाव हुने जिल्लाको रुपमा परिचित छ । हरेक नागरिकले समान रुपमा बाच्न पाउनु पर्छ भन्नेमा दुईमत छैन् । तर उही समुदाय, उही स्थान र उही गाउँमा बस्ने मानिसहरुको जीवनी भने फरक हुन्छ । त्यही ठाउँमा बस्ने मानिसहरु कोही महलमा बस्नछन् त कोही सडकमा ।

विभिन्न समस्याले दिनहुँ अकाल्मै ज्यान गुमाउनु पर्ने, खान नपाएर भौतारिनु पर्ने, बास नपाएर खुला आकाशमुनि जीवन विताउनु पर्ने यस्ता धेरै समस्याहरुको मुख्य कारण भनेकै गरिबी हो ।

बाजुराको यो परिचय बदल्नाका लागि बुढीगंगा नगरपालिका लागिरहेको छ । समस्या मात्रै होइन् सम्भावनासहीत समाधान पनि गर्नुपर्छ भन्ने अभियानमा बुढीगंगा लागेको देखिन्छ । बुढीगंगा नगरपालिका ४ बानेगाउँका सहारा विहीन नौले ल्वारलाई नगरपालिकाले घर बनाईदिएको छ । उनका छोरा अपाङ्ग छन् । ल्वार ६५ वर्षका भए, उनकी श्रीमति ५५ वर्षकी भईन् । उमेर ढल्केका वृद्धा अवस्थाका उनीहरु काम गरेर खान सक्ने स्थितिका छैनन् । 

एकै छोरा अपाङ्ग, बुढेशकालमा अरुको सहरामा बस्नुपर्ने बेला दुःखको जीवन विताईरहेको थिए । घर नहुँदा हिउँदमा कठ्याग्रिदो जाडो, वर्षायाममा ओतमा दर्दनाक पीडा करिब १० वर्षदेखि फाटो छानोमा जीवन कटाईरहेका ल्वारका परिवारलाई नगरपालिकाले दुङ्गा माटोले निर्मित दूई तले घर निर्माण गरिदिएको बुढीगंगा नगरपालिका नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । 

नगरपालिकाको ३ लाखको लगानीमा घर निर्माण गरी मंगलबार एक कार्यक्रमकाबीच हस्तान्त्रण सहीत ल्वारका परिवारलाई घरमा बसालिएको बानियाँले बताए । घरकाे विजुली बत्ती जडान र शाैचालय पनि नगरपालिकाले नै निर्माण गरिदिएकाे  छ । उनले भने सहाराविहीन बनेका ल्वारका परिवार छानोमा बस्दै आएका आफूकहाँ जानकारि आएपछि नगर सरकारले घर निर्माण गरिदिएको हो । कुनै पनि नागरिकलाई भोक, रोग र बस्नाको समस्याले मर्न नदिने लक्ष्य आफूहरुको रहेकाले यस्ता व्यक्तिको पहिचान गरी व्यवस्थापन गरिदै आएको नगरप्रमुख बानियाँले बताएका छन् ।

यो कार्य गर्ने सवंत जिल्लाकै पहिलो पालिका हो । नगरपालिकाले घर निर्माण गरेदिएपछि नौलेको परिवार खुशी भएको छ । उनले रुदै भने आफ्नो कोही थिएन्, न ओल्ला भए नत पल्ला, यत्रो वर्षसम्म छानोमा दिन कटाउँदा समेत कसैले हेरेन् । बुढेसकालमा न्यानो घर नहुँदा छानोमा कति दुःख पाए कति, त्या भनेर साध्य छैन् । अब यही छानोमा मनुपर्ने हो भनेर सोचेको थिए । तर सोचे भन्दा फरक भयो । नगर सरकारले यति ठुलो मेरो पीडामा मलम लगाईदियो । यत्रो दुई तले घर पाएर न्यानो कोठामा बस्ने आशा मारिसकेका नौलले घर निर्माण गरिदिएपछि खुशीको सिमा छैन् ।

यो कामले स्थानीय खुशी छन् । बुढीगंगा नगरपालिकाले भौतिक पूर्वधार विकास निर्माणसंगै सहाराविहीन र पीडादायीक जीवन विताईरहेको नागरिकलाई राहत, उद्धार र आवश्यकता अनुसारका व्यवस्थापन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् । अझैपनि यस्ता कार्यमा अब्बल भएर लाग्ने लक्ष्य नगरको रहेको उनले बताए ।

नगरपालिका स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विजुली, कृषि क्षेत्रमा विकास गर्दै आईरहेको छ । भने पीडित नागरिकलाई राहत उपलब्धदेखि बस्ने व्यवस्था, घर निर्माण र सुरक्षित स्थानमा बसाल्ने सम्मको काम पनि गर्ने गरेको छ । भोगोलिक विकटताले पछाडी परेको बाजुरा जिल्लामा एक तिहाई बढी जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।

प्रतिक्रिया