गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०२:०१

दार्चुलामा जिप दुर्घटनामा एउटै कार्यालयका दुई कर्मचारी सदाका लागि अस्ताए

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १७, २०८२
दार्चुलामा जिप दुर्घटनामा एउटै कार्यालयका दुई कर्मचारी सदाका लागि अस्ताए

धनगढी ः दार्चुलामा मंगलबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाएका दुई जना कर्मचारी भएको खुलेको छ ।शैल्यशिखर नगरपालिका-४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा सुपप्र०१-००१ ज १६४१ नम्बरको जिप दुर्घटना हुँदा शैल्यशिखरा-१ बस्ने ४५ वर्षका भरत तितरा र मालिकार्जुन-७ बस्ने ३५ वर्षीया मनिशा पालको मृत्यु भएको थियो ।

उनीहरु दुवै जना कर्मचारी भएको पाइएको हो । पाल जलस्रोत तथा सिचाई डिभिजन कार्यालय दार्चुलामा अधिकृत छैटौ (अधिकृत इन्जिनियरिङ) पदमा कार्यरत थिइन् भने सहायक पाचौँ तितरा (सिनियर एशोसियसन अग्रनाइजेशन अफिसर) थिए ।

दुवै जना काडापारी साइड भिजिटमा गएका थिए ।केही दिनदेखि दुवै जना फिल्डमै थिए । उनीहरुको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका जिप चालकसहितका चार जनाको पनि गोकुलेश्वरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया