गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:३५

गौमुल गाउँपालिकामा रास्वपाको प्रथम भेला आयोजना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १७, २०८२
गौमुल गाउँपालिकामा रास्वपाको प्रथम भेला आयोजना

बाजुरा ः गौमुल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम भेला आयोजना गरिएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा प्रथम भेलाको आयोजना गरिएको हो । भेलाबाट नयाँ कमिटी गठन गरिएको छ ।

जसमा सभापति गोपाल बोहरा, सचिव सुरेन्द्रकुमार रोकाया लगायत ७ सदस्यीय कमिटी गठन गरिएको छ । गोपाल बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति जिल्ला सभापति नवराज जैशी रहेका थिए । जसमा सगुने थापा, मीनबहादुर सिंह, प्रकाश शाह लगायत विशिष्ट अतिथि रहेका हुन् ।

श्यामबहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रममा एमाले, काँग्रेस र नेकपा परित्याग गरी १ सय ५० बढी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश भएको सचिव सुरेन्द्रकुमार रोकायाले जानकारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाका सबै स्थानीय तहमा प्रथम भेला सञ्चालन गरिरहेको छ । 
 

प्रतिक्रिया