गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:४०

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १६, २०८२
एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं ःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ ।

ओलीकी पत्नी राधिका शाक्यको तर्फबाट हिजो (आइतबार) दायर रिटमा आजका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा मात्र पक्राउ गरी थुनामा राखिएको कदम गैरकानूनी भएको दाबी गरिएको छ।

कुनै पनि अनुसन्धान निकायको सिफारिस वा प्रतिवेदनलाई मात्र आधार बनाएर व्यक्तिलाई पक्राउ गर्नु कानूनी मापदण्डअनुसार नहुने जिकिर रिटमा गरिएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली गत शनिबार पक्राउ परेका थिए ।

काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

प्रतिक्रिया