बाजुरा ः नेकपा एमाले बाजुराको आयोजनामा पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा सदरमुकाम मार्तडीमा विरोध प्रदर्शन गरिएको छ ।
एमाले नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको विरोध कार्यक्रम बजार परिक्रमा गर्दै खुलामञ्चमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्नुका साथै टायर बालेर विरोध जनाएका थिए । कार्यक्रममा बोल्दै स्थानीय नेताहरुले पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका छन् ।
उनीहरूले लोकतान्त्रिक मूल्य र विधिको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । एमाले बाजुराका पदाधिकारीहरुले शान्तिपूर्ण रुपमा आफ्ना माग राखिएको जनाउँदै यदि माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिएका छन् ।
प्रदर्शनका कारण केही समयका लागि बजार क्षेत्रको आवागमन प्रभावित भएको थियो भने सुरक्षाका लागि प्रहरीको उपस्थिति बढाइएको थियो ।





प्रतिक्रिया