गाैमुल खबर डटकम सोमबार १६, चैत २०८२ ०३:०७

एमाले महासचिवले लेखे-मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १३, २०८२
एमाले महासचिवले लेखे-मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !

काठमाडौं : गौरी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै एमालेका नेता कार्यकर्ताहरूले आपत्ति जनाइरहेका छन् । यसैबीच महासचिव शंकर पोखरेलले बालेन सरकारको निर्णय फिर्ता गर्नुपर्ने बताएका छन् ।

फेसबुकमा पोखरेलले लेखेका छन्, ‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्रिपरिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !’

यसअघि सचिव महेश बस्नेतले क्याविनेटको निर्णय अस्वीकार गर्दै प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्ने टिप्पणी गरेका थिए ।

नवनियुक्त शाह सरकारले सुरक्षा संयन्त्रमाथिको कारबाही सिफारिस सम्बन्धमा अध्ययन समिति बनाउने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया