गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४६
Dho

बाजुराको ढम्कनेमा बेवारिस शव फेला

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २३, २०८०

बाजुरा : बाजुरामा बेवारिस अवस्थामा एक शव फेला परेको छ । मार्तडी–कोल्टी सडकमा पर्ने ढम्कनेमा कालो प्लाष्टिकमा हालेर एक बेवारिसे शव सडकमा फालिएको अवस्थामा फेला परेको हो । 

बडीमालिका नगरपालिका–७ को ढम्कने राटाका खोलाको नजिकै रहेको सडकमा शव फालिएको भेटिएको छ । बेवारिस अवस्थामा शव कसले फालेको र बालक वा बालिका के हो भन्ने एकीन पहिचान हुन सकेको छैन ।

शव सडकमा फालेको भर्खरै खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीको टोली ढम्कने तर्फ जान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया