गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०७
Dho

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेदेखि हुने

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २३, २०८०
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेदेखि हुने

बाजुरा : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समय तोकिएको छ । पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता सकिएपछि बाजुुरा जिल्ला खेलकुद समितिले समय तोकेको हो ।

बाजुरा जिल्ला खेलकुद समितिले आज एक सूचना जारी गर्दै “स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद” भन्ने नारा सहीत जिल्ला स्तरीय १४ ओँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेदेखि १८ गते ४ दिनसम्म सञ्चालन गरिने भएको छ ।

बुढीनन्दा नगरपालिका २ कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिने बाजुरा जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाले बताएका छन् । जिल्लाका ९ वटै पालिकालाई सूचना जारी गर्दै प्रतियोगितामा सहभागि हुनका लागि तयारी गर्न भनेको छ ।

जिल्ला खेलकुद समितिले खेलमा सहभागि हुने खेलाडीका लागि नियम पनि जारी गरेको छ । १८ वर्षमुनिका कक्षा १२ सम्म नियमित अध्ययन गर्ने छात्रछात्रा खेलाडी मात्रै प्रतियोगितामा सहभागि गराईने छ । 

त्यस्तै १ प्रतिफोटो, जन्मदर्ताको प्रतिलिपी सहीत खेलाडीको फारम अनिवार्य भरिएको हुनुपर्ने, टिम खेलमा एउटा ईभेन्टमा मात्र सहभागि हुने पाउने, एथ्लेष्टिक खेलाडीले १ फिल्ड २ ट्याक, २ फिल्ड १ ट्याक मात्र सहभागि हुन पाउने, मार्सलाटको कुनै पनि विधाका प्रशिक्षक विना खेलाडी सहभागि हुन नपाउने, प्रत्येक पालिकाका प्रशिक्षक र खेलाडीहरुको पहिचानको एउटै पोशाक, स्पोट जुक्ता हुनुपर्ने र कबडी खेलाडीलाई निक्याप र राष्टिय झण्डा, पालिकाको व्यानर सहीत सहभागि हुनुपर्ने बाजुरा जिल्ला खेलकुद समिति अध्यक्ष थापाले बताए ।

बुढीनन्दा नगरपालिका कोल्टीमा सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अब तीब्र पारिने भएको छ । ९ वटै स्थानीय तहमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरिसकेको छ । 

No description available.

प्रतिक्रिया