गाैमुल खबर डटकम शनिबार ०७, चैत २०८२ ०१:५१

१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत ०६, २०८२
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

काठमाडौं ःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं ।

सकेसम्म १८ वरिपरि गर्ने गृहकार्य भइरहेको छ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने । उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ ।

‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनले भने । महामन्त्री बुर्लाकोटीका अनुसार यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए । उनका अनुसार प्रधानमन्त्रीको शपथ ग्रहणपछि पार्टीको संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया