गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४९
Dho

राष्ट्रपति रनिङ शिल्ड बुढीगंगाको उपाधी भानुदयलाई

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २३, २०८०
राष्ट्रपति रनिङ शिल्ड बुढीगंगाको उपाधी भानुदयलाई

बाजुरा : बुढीगंगा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी भानुदय माविले हात पारेको छ । सहभागि ८ वटा विद्यालयलाई पछि पार्दै भानुदय माविले उपाधि आफ्नो हात पार्न सफल भएको हो।  आफ्नो विरासतलाई भानुदयले यो पटक पनि कायम गरेको छ । 

शिल्डमा भएका कुल खेल मध्ये भानुदयले १६ स्वर्ण, ५ रजत र ६ कास्य गरि २७ पदक हात पारेर पहिलो बनेको हो । ७ स्वर्ण ४ रजत र १ कास्य गरि १२ पदक सहीत त्रिशक्ती मावि बाह्विस दोस्रो बन्न सफल भएको हो । 

यसैगरी ३ स्वर्ण, ६ रजत र ५ कास्य गरि १४ पदक सहीत पशुपति मावि तृतीय भएको छ । २ स्वर्ण, ३ रजत, ४ कास्य गरि ७ पदक सहीत थुमा मावि चौथो बनेको छ । धुरालसैन माविले १ स्वर्ण, ६ रजत र ३ कास्य, सारदा माविले १ स्वर्ण, ३ रजत र ५ कास्य पदत हात पारेका छन् ।

यस्तै भगवती मावि र सिंगाडा मावि भने स्वर्ण विहिन बनेका छन् । भगवती माविले २ रजत ४ कास्य र सिंगाडा माविले १ रजत ३ कास्यमा चित्त बुझाएका छन् । खेल २० गतेबाट सुरु भइ आज समापन गरिएको बुढीगंगा नगरपालिका युवा तथा खेलकुद विकास शाखा प्रमुख जयराज न्यौपानेले बताएका छन् ।

नगर प्रमुख रामबहादुर बानीयाँको अध्यक्षतामा सञ्चालन भएको खेल समापन समारोहको प्रमुख अतिथी नेकपा एमाले पार्टी सचिव भरत थापा रहनु भएको थियो । उहाँहरुले विजेता विद्यार्थी र विद्यालयलाई पदक सहीत ट्रफी हस्तान्त्रण गरेका थिए ।

प्रतिक्रिया