गाैमुल खबर डटकम शनिबार ३०, फागुन २०८२ ०१:३५

मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै नेकपा (एमाले) गौमुल गाउँ कमिटीको धन्यवाद कार्यक्रम सम्पन्न

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन २९, २०८२
मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै नेकपा (एमाले) गौमुल गाउँ कमिटीको धन्यवाद कार्यक्रम सम्पन्न

बाजुरा ः नेकपा (एमाले) गौमुल गाउँ कमिटीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन योगदान पुर्याउने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद कार्यक्रम आयोजना गरेको छ ।

जिल्ला कमिटीको निर्देशन बमोजिम गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजित उक्त कार्यक्रममा निर्वाचनमा झिनो मतान्तरले पराजित उम्मेदवार लालबहादुर थापाले मतदाताहरुको साथ, विश्वास र माया प्रति आभार व्यक्त गर्दै जनताको सेवा र विकासका लागि आफूहरू सदैव प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेको जनताको निर्णयलाई सम्मान गर्नु हो भन्दै आगामी दिनमा पनि जनताको हित, विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला कमिटीका सदस्य, गाउँ कमिटीका पदाधिकारी तथा सदस्य, वडा कमिटीका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा निर्वाचनका क्रममा मतदाताहरुले देखाएको उत्साह, विश्वास र लोकतान्त्रिक चेतनाको उच्च प्रशंसा गर्दै जनताको भावना अनुसार विकास र समृद्धिको यात्रामा अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा स्थानीयबासी तथा समर्थकहरुले लोकतन्त्रलाई मजबुत बनाउन मतदाताहरूको सक्रिय सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै गाउँको विकास र समृद्धिका लागि सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए ।

गाउँ कमिटी अध्यक्ष मोहन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव धनबहादुर बोहराले गरेका हुन् । कार्यक्रममा जिल्ला कमिटी सदस्य, गाउँ कमिटीका पदाधिकारी तथा सदस्य, वडा कमिटी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया