गाैमुल खबर डटकम बिहीबार २८, फागुन २०८२ ११:२२

बाजुरा काँग्रेसको मतदातालाई धन्यवाद ज्ञापन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन २८, २०८२
बाजुरा काँग्रेसको मतदातालाई धन्यवाद ज्ञापन

बाजुरा ःफागुन २१ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा मतदात गरी नेपाली काँग्रेस बाजुराका उम्मेदवारलाई विजयी गराउने मतदाताहरुलाई धनयवाद ज्ञापन तथा आभार सम्मान प्रकट गरिएको छ ।

बिहीबार नेपाली  काँग्रेस निवाृचन परिचालन समितिको सचिवालयले जारी गरेको प्रेस विज्ञप्ती मार्फत विषम परिस्थितमा उत्साह र सक्रिय सहभागिताले लोकतान्त्रिक प्रतिको निष्ठा र प्रतिवद्धता पुनः बलियो रुपमा अभिव्यक्त भएको  उल्लेख छ ।

राष्ट्रिय राजनीतिको विषम परिस्थितिमा काँग्रेसका उम्मेदवार गिरीलाई विजयी गराउने आम जिल्लाका मतदाताहरुमा धन्यवाद तथा आभार प्रकट गरिएको छ ।

निर्वाचनलाई  स्वच्छ, धाँधली रहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने सहयोग गर्ने सरकार,निर्वाचन आयोग,सुरक्षा निकाय कर्मचारी, नागरिक समाज लगायतलाई धन्यवाद व्यक्त गरिएको छ । 

प्रतिक्रिया