बाजुरा ः प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुलाई औपचारिक रूपमा बिदाई गरिएको छ ।
बाजुरामा निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै उनीहरूको बिदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले आज एक कार्यक्रम आयोजना गरी करिब ४० दिनसम्म निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुलाई बिदाई गरेको जनाएको छ ।
निर्वाचनका लागि बाजुरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १ हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरूले निर्वाचन प्रारम्भदेखि मतगणना सम्पन्न हुँदासम्म करिब ४० दिन सेवा दिएका थिए ।





प्रतिक्रिया