गाैमुल खबर डटकम बिहीबार २८, फागुन २०८२ ०२:२३

अडियो विवादपछि एमाले जिल्ला कमिटी सदस्य गजेन्द्र शाही निलम्बित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २७, २०८२
अडियो विवादपछि एमाले जिल्ला कमिटी सदस्य गजेन्द्र शाही निलम्बित

बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले पार्टीको निर्णय विपरीत गतिविधि गरेको आरोपमा जिल्ला कमिटी सदस्य तथा बुढीनन्दा नगरपालिका-६ का वडा अध्यक्ष गजेन्द्र शाहीलाई पार्टीबाट निलम्बन गरेको छ ।

जिल्ला कमिटीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का क्रममा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारलाई सहयोग गरेको, पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको तथा पार्टी हितविपरीत काम गरेको ठहर गर्दै शाहीमाथि कारबाही गरिएको हो ।

एमाले जिल्ला कमिटी बाजुराले पार्टीको विधान र अनुशासन विपरीत कार्य गरेको निष्कर्ष निकाल्दै बुढीनन्दा नगरपालिका-६ का वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य शाहीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को समयमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेको तथा अर्को दलका उम्मेदवारको पक्षमा मत मागेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको जिल्ला कमिटीले उल्लेख गरेको छ ।

उक्त विषयलाई गम्भीर रूपमा लिँदै पार्टी विधान र अनुशासन विपरीत काम गरेको पाइएकाले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाइएको छ ।
 

प्रतिक्रिया