गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

बाजुरालाई सम्भावनाले चिनाउन प्रेस चौतारीले अभियानमुखि गतिविधी सञ्चालन गर्ने

गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष २२, २०८०
बाजुरालाई  सम्भावनाले चिनाउन प्रेस चौतारीले अभियानमुखि गतिविधी सञ्चालन गर्ने

बाजुरा : प्रेस चौतारी नेपाल बाजुराले जिल्लाका संभावना र सकारात्मक विषयलाई पहिलो प्राथमिकतामा उठान गर्ने निर्णय गरेको छ । समस्याको जिल्लाका रुपमा स्थापित बाजुराको परिचय बदल्न प्रेस चौतारी बाजुरा शाखाले भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बाजुरा जिल्ला कमिटीमा मार्तडीमा सम्पन्न पूर्ण बैठकले संभावना र अवसरको जिल्लाका रुपमा स्थापित गर्ने सवाल र विषयलाई पहिलो प्राथमिकतामा राख्नका लागि समाज र सामाजिक सञ्जाल दुबैमा अभियान नै चलाउने निर्णय गरेको अध्यक्ष मदन विकले जानकारी दिएका छन् ।

सही विषय र तथ्यलाई पनि बग्याउने र बाजुराको बेइज्जत गराउने तत्व हाबी हुदै गएपछि प्रेस चौतारी नेपाल बाजुराले समाचारका माध्यमबाट र चौतारीमा आवद्ध प्रेस कर्मीका माध्यमबाट अभियान नै सञ्चालन गरिने निर्णय गरिएको विकले बताएका छन् ।

बाजुरा पछिल्लो समय विवाद, झगडा र समस्या मात्रै भएको जिल्लाको परिचयले चिनिन बाध्य छ । बडीमालिका, खप्तड र बुढीनन्दा जस्ता धर्तीको भू स्वर्गको भूमिलाई गतल रुपमा ब्याख्या गरिएको र राजनीतिक र सामाजिक रुपमा स्थापित नेतृत्वको छवीलाई नै धमिलो पार्न खोजेर केही दलाली प्रवृत्तीले फाइदा उठाउन खोजेको प्रति वौद्धिक वर्ग सचेत र जिम्मेवार हुनु पर्ने बेला भएको निष्कर्ष सहीत अभियानमुखि कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

अध्यक्ष मदन विकको अध्यक्षतामा बसेको बैठकले बाजुरालाई बद्मान गराउने मानसिकतालाई चिर्न सामाग्री र समाचार उत्पादन गर्ने, प्रकाशन र प्रशारणमा जोड दिने गरि चौतारीमा आवद्ध सबैले लाग्ने गरि निर्णय समेत गरेको छ । बाजुरालाई संभावना र अवसरको जिल्लाका रुपमा चिनाउने यात्रामा चौतारीले योगदान गर्नु पर्ने निर्णय गरिएको सचिव रमित विकले बताएका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा प्रमुख अतिथी रहेको कार्यक्रममा एमाले पार्टी जिल्ला सचिव काशी विक विशिष्ठ अतिथी रहेका थिए । बैठकमा एमाले जिल्ला कमिटी सदस्य तुलाराम जैशी, बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रदेश अध्यक्ष कृष्ण ओली सहीत अतिथी थिए । स्वागत मन्तव्य उपाध्यक्ष कालीका उपाध्यायले गरेकी हुन् ।

पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका प्रदेश सचिवालय सदस्य पदम सिंह, महासंघि निवर्तमान अध्यक्ष मदनराज जैशीले जिल्लाको पत्रकारिताको अवस्था बारे बैठकमा जानकारी गराएका थिए । तुलाराम जैशी, धर्मराज पाध्याय, काशी विकले शुभकामना मन्तव्य सहीत पत्रकारितालाई जिल्लाको संभावना र विकाससँग जोेडेर दीगो विकास र सुशासनमा ध्यान दिन सुझाव दिएका छन् ।

बैठकले जिल्लाका संभावना र विकासमा सहकार्य गर्न स्थानीय तहका प्रतिनिधीसँग परामर्श बैठक माघ मसान्त भित्र गर्ने, प्रेस चौतारी नेपालको यही माघ २२ गते हुने २५ औं स्थापना दिवस प्रदेश स्तरीय कार्यक्रम बाजुरामा गर्न प्रदेश कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

बैठममा नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले पत्रकारितालाई समस्यासँग मात्रै जोड्नु र अभाव अनि गरिबी मात्रै देखाउने विषयमा रुपमा प्रयोग गर्नु भन्दा संभावना, र समाधानको विकल्प सहीतको कोणबाट पनि पस्कीन सुझाव दिएका छन् । उहाँले बाजुरालाई केही नभएको जिल्लाको रुपमा चित्रित गर्ने काठमाडौंको नजरलाई बाजुराको वास्तविकता देखाएर बदल्न जरुरी रहेको बताएका छन् ।

बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा महेश कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । उपाध्यक्ष मदन विक अध्यक्ष नन्दा कुमारी थापा नगर उपप्रमुख भएपछि अध्यक्ष भएदेखि उपाध्यक्ष पद खाली थियो । बाजुरा शाखाले माघ मसान्त भित्रै साधारण सभा पनि गरिसक्ने निर्णय गरेको छ । 

प्रतिक्रिया