गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३६
Dho

प्रेस चौतारी बाजुराको पूर्ण बैठक: सम्बन्ध विस्तार र आगामी योजनाको बारेमा छलफल

गाैमुल खबर डटकम
आइतबार, पुष २२, २०८०
प्रेस चौतारी बाजुराको पूर्ण बैठक:  सम्बन्ध विस्तार र आगामी योजनाको बारेमा छलफल

बाजुरा : प्रेस चौतारी जिल्ला समिति बाजुराको पूर्ण बैठक बसेको छ । समृद्धिका लागि संचारकर्मी, प्रेस चौतारीको मुलमर्म भन्ने मुल नाराका साथ अगामी रणनीति सकारात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्य सहीत आज चौतारीको पूर्ण बैठक बसेको हो ।

चौतारीले जिल्लामा हालसम्म गरेका क्रियाकलाप, गर्नुपर्ने काम र पार्टीलाई बलियो बनाउन संगठनले थप खेल्नुपर्ने भूमिकाका विषयमा छलफल तथा संवाद गरिएको थियो ।  नेकपा एमाले केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज लालबहादुर थापाको प्रमुख आथित्यतामा औपचारिक कार्यक्रम सहीत बैठक बसेको हो ।

बैठकमा नेकपा एमाले जिल्ला कमिटी पार्टी प्रचार विभाग प्रमुख कासी विक, जिल्ला कमिटी सदस्य तुलाराम जैशी, धर्मराज पाध्याय, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, सदस्य पदम सिंह लगायतका नेताहरुको सहभागि रहेको थियो । 

बैठकमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुरामा आवद्ध सम्पूर्णले आ–आफ्नो धारणा राखेका थिए । पार्टी संगठनलाई जीवन्त बनाउन थप संचार माध्यमबाट खेल्नुपर्ने भुमिका, पार्टीका नेता तथा पालिका नेतृत्वसंग सकारात्मक सम्बन्ध विस्तार, संगठन र सहकार्यका विषयमा व्यापक छलफल सहीत संवाद भएको हो ।

त्यस्तै प्रेस चौतारी नेपालको आगामीक हुने जिल्ला अधिवेशन, संगठनले हाल सम्म गरेका विभिन्न गतिविधीको विषय छलफल, आगामीक योजना र चौतारीको स्थापना दिवस मनाउँने विषयमा समीक्षा सहीत छलफल गरिएको अध्यक्ष मदन विकले बाएका छन् ।

बैठकमा प्रेस चौतारी नेपाल नेकपा एमालेको एक बलियो संगठन भएकाले पार्टीले गर्ने विभिन्न राम्रा अभ्यास र पार्टीलाई थप बलियो बनाउँनमा केन्द्रीत हुने प्रतिवद्धता र निर्णय नै गरिएको छ । जुनसुकै काममा गरिने आगामी योजनाहरु सफल पार्न सबै एकिवद्धता भएर जाने पनि निर्णय गरिएको अध्यक्ष विकले बताए ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले जिल्लामा पार्टीलाई जीवन्त बनाउन महोत्वूर्ण भूमिका खेलेको निष्कर्ष निकाल्दै आजको बैठकले थप सबैसंग सहकार्य, सहजीकरण र समन्वय गरेर अगाडी बढ्ने निर्णय गरिएको सचिव रमित विकले बताएका छन् । 

संचार माध्यमबाट विकास निर्माण र समाज रुपान्तरणका लागि कलम चलाउन पछि नहट्ने र नराम्रो कामको खबरदारी गर्न कही कतै चौतारी नचुक्ने बताईएको छ । जिल्लामा निकट नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधीसंगको सम्बन्ध थप सुधार गर्न चौतारीले जनप्रतिनिधीसंग संवाद पनि गर्ने भएको छ । 

जिल्लामा पछिल्लो समय संचार मिडियाहरुलाई बाच्न र स्थापित हुन समस्या भईरहेको अवस्थालाई मध्येनजर गर्दै संचार क्षेत्रलाई जीवन्त बनाउन जनप्रतिनिधीको भूमिका र सहकार्य थप प्रगाढ गर्न छलफल र संवाद गर्ने अध्यक्ष विकले बताएका छन् ।

त्यसैगरी बैठकले प्रेस चौतारी जिल्ला शाखा उपाध्यक्षमा महेश कार्कीलाई मनोनित गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा प्रमुख अतिथी रहेको कार्यक्रममा एमाले पार्टी जिल्ला सचिव काशी विक विशिष्ट अतिथी रहेका थिए ।

बैठकमा एमाले जिल्ला कमिटी सदस्य तुलाराम जैशी, बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रदेश अध्यक्ष कृष्ण ओली सहीत अतिथी थिए । स्वागत मन्तव्य उपाध्यक्ष कालीका उपाध्यायले गरेकी हुन् ।

प्रदेश सचिवालय सदस्य पदम सिंह, महासंघ निवर्तमान अध्यक्ष मदनराज जैशीले जिल्लाको पत्रकारिताको अवस्थाबारे बैठकमा जानकारी गराएका थिए । तुलाराम जैशी, धर्मराज पाध्याय, काशी विकले शुभकामना मन्तव्य राख्दै विकास र सुशासनमा ध्यान दिन सुझाव दिएका छन् ।

प्रतिक्रिया