बाजुरा ः राष्ट्रिय स्वतन्त्र पार्टीका बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले निर्वाचनको पूर्वसन्ध्यामा पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
यस घटनाले बाजुराको स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ । नवप्रवेशी बुढालाई एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापा, नरेशकुमार रोकाया लगायत जिल्ला सचिव काँशी विक, उपसचिव हरिबहादुर रोकाया लगायत नेताहरुले एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै नेताहरुले बुढाको प्रवेशले पार्टीलाई बाजुरामा थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । पूर्णबहादुर बुढाले आफूले देशको समृद्धि, स्थिरता र विकासका लागि एमालेको नीति तथा नेतृत्वप्रति आकर्षित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।
“राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्ने शक्तिको साथमा उभिन चाहेको हुँ,” उनले भने । एमाले बाजुरा जिल्ला कमिटीले बुढाको अनुभव र संगठनात्मक क्षमताले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी बाजुरा स्रोतले भने बुढाको निर्णय व्यक्तिगत भएको प्रतिक्रिया दिएको छ । स्थानीय राजनीतिक विश्लेषकहरुका अनुसार यसले मतदातामाझ नयाँ समीकरण र प्रतिस्पर्धा सिर्जना गर्ने सम्भावना रहेको छ ।





प्रतिक्रिया