बाजुरा ः नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिले आगामी फागुन २१ गते हुने निर्वाचन केन्द्रीत कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ ।
पालिकाका सबै वडा तथा टोलमा पुगेर कार्यकर्ता भेटघाट कार्यक्रम तीव्र बनाएको सभापति राजबहादुर धामीले बताएका छन् ।
जनताका घरदैलोमा पुगेर समस्या सुन्ने र भोट माग्ने गरी काँग्रेस गाउँ टोल पुगेको हो । निर्वाचनमा गौमुलका जनताले नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न काँग्रेस नेता चक्र बोहराले आग्रह गरेका छन् ।
वडा नम्बर १ को माडीबाट सुरु गरेको अभियान सबै टोल तथा बस्तीमा गरिएको हो । भेटघाट कार्यक्रममा पार्टी सभापति रामसिंह रावल, नेताहरु धनराज पण्डित, हिरेन्द्र रोकाया लगायत स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
उता जनताहरु भने नेताहरु निर्वाचनका बेला मात्र जनताको घरदैलोमा आउने गरेको भन्दै गुनासो गर्ने गरेको पाईएको छ । यतिबेला काँग्रेसले जिल्लाभरको कार्यक्रम सकेर स्थानीय तहमा केन्द्रीत भएको छ ।





प्रतिक्रिया