गाैमुल खबर डटकम सोमबार ११, फागुन २०८२ ०८:२५

धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं : धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायक महानिरीक्षक विष्णुप्रसाद भट्टले गएराती करिब १:३० बजे बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको जानकारी दिए।

भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै रहेको र घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ। उनले दुर्घटनाको जानकारी पाएलगत्तैनेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएको बताए।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट गोताखोरसहितको टोली उद्धारमा खटिएको छ। मृतकको सनाखत भने हुन बाँकी छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनसन्धान जारी रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया