गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०४:२५

(एमाले) का केन्द्रीय सदस्य रोकायाको टिप्पणी : ‘जेनजी आन्दोलनका योजना बनाउने केही व्यक्ति चुनावी मैदानमा’

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन ०९, २०८२
(एमाले) का केन्द्रीय सदस्य रोकायाको टिप्पणी : ‘जेनजी आन्दोलनका योजना बनाउने केही व्यक्ति चुनावी मैदानमा’

बाजुरा ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य नरेशकुमार रोकायाले ‘जेनजी आन्दोलन’सँग सम्बन्धित केही व्यक्तिहरू हाल चुनावी प्रतिस्पर्धामा सक्रिय रहेको बताएका छन् ।

गौमुल गाउँपालिका-१ मा आयोजित पार्टीको चुनावी भेलालाई सम्बोधन गर्दै उनले उक्त धारणा सार्वजनिक गरेका हुन् । रोकायाले लोकतान्त्रिक प्रक्रिया मार्फत मतदाताले यस्ता विषयमा आफ्नो धारणा प्रकट गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् ।

सोही अवसरमा रोकायाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रशंसा गर्दै उनलाई स्वाभिमानी र सशक्त नेतृत्व क्षमता भएका नेता भएको टिप्पणी गरेका छन् । 

उनले ओलीको नेतृत्वले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता तथा विकास निर्माणका कार्यमा योगदान पु¥याएको दाबी गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा विभिन्न राजनीतिक दलहरूले चुनावी कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
 

प्रतिक्रिया