गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०३:००

बाजुरामा पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ०३, २०८२
बाजुरामा पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता

बाजुरा ः नेकपा (माओवादी)ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी माओवादीले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भूपेन्द्र विक सीले पार्टीका तर्फबाट चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सुशासन, स्थिर सरकार र संसद्, जनपक्षीय नीति , नियम र कानुको अपेक्षा सहित निर्वाचनमा भाग लिन लागेको हो ।

‘नागरिक भ्रष्टाचार, कमिसनखोरी, तस्करी, राष्ट्रघात विपक्षमा सुशासन स्थिर सरकार र संसद्, जनपक्षीय नीति, नियम र कानुनको अपेक्षा सहित यो निर्वाचनमा सहभागी हुँदैछ ।

जातीय विभेदको अन्त्य गर्ने गरी एउटै जात बनाउने गरी सी जातिको नागरिकता प्रदानदेखि गैर दलितलाई ६५ वर्षको उमेरमा बृद्धभत्ता पाउनका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भूपेन्द्र वि.क.सीले समस्या ट्याङ्कीमा भएकोले विवाद टुटीमा भएको विवाद समाधान गर्ने आफ्नो पार्टीको पहिलो उद्देश्य भएको प्रतिक्रिया दिएका छन् ।

नेपालका  मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक  रुपले  अधिकार सम्पन्न गराउने छ ।

भने जनजाति, दलित, महिला, मधेसी  लगायतका उत्पीडित जाति समुदायलाई राजनीतिक,  आर्थिक, सांस्कृतिक,  भाषिक, मनोवैज्ञानिक रुपले एकताबद्ध गर्ने विश्वास लिएका छन् । पत्रकार सम्मेलनमा समानुपाति उम्मेदवार पवित्रा विक सी सहित नेताहरुको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया