गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०३:००

गौमुलमा नेपाली काँग्रेसको चुनावी भेला सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन ०२, २०८२
गौमुलमा नेपाली काँग्रेसको चुनावी भेला सम्पन्न

बाजुरा ः नेपाली काँग्रेसको चुनावी भेला बाजुराको गौमुल गाउँपालिकामा सम्पन्न भएको छ। नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै नेता तथा कार्यकर्ता भेला गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजना गरिएको थियो। कार्यक्रम गाउँ कार्य समिति सभापति राजबहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको थियो।

भेलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनकराज गिरी, निवर्तमान सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, नेता देवराज जोशी, रामसिंह रावल, महा नेपाली, जुना दानी लगायतका नेताहरुको सहभागिता रहेको थियो। कार्यक्रममा भातृ संगठनका पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया