गाैमुल खबर डटकम बुधबार २१, माघ २०८२ ०७:५०

डडेल्धुरामा ट्याक्टर दुर्घटना : बाजुराका २० वर्षीय युवकको उपचारका क्रममा मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ २१, २०८२
डडेल्धुरामा ट्याक्टर दुर्घटना : बाजुराका २० वर्षीय युवकको उपचारका क्रममा मृत्यु

बाजुरा ः डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ का अन्दाजी २० वर्षीय रिनजंग थापा रहेका छन्।

गत माघ १९ गते राति डडेल्धुराको अमरगढी नगरपालिका-११ साल्लाघारीस्थित केआई सिंह राजमार्गमा स्याउलेबाट दिपायलतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो।

थापा आफैंले चलाएको सु.प.प्र.०१-००२ त ५२०६ नम्बरको ट्याक्टर एक्कासी अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए। घाइते थापालाई तत्काल स्थानीयवासीले उद्धार गरी नजिकैको अस्पताल पुर्‍याएका थिए।

त्यसपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिएका छन्

प्रतिक्रिया