गाैमुल खबर डटकम बुधबार २१, माघ २०८२ ०६:५२

निर्वाचन आयोगले रास्वपा उम्मेदवार हेमराज थापासँग स्पष्टीकरण माग्यो, धम्कीपूर्ण भनाइ र आचारसंहिता उल्लंघनको उजुरी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ १९, २०८२
निर्वाचन आयोगले रास्वपा उम्मेदवार हेमराज थापासँग स्पष्टीकरण माग्यो, धम्कीपूर्ण भनाइ र आचारसंहिता उल्लंघनको उजुरी

बाजुरा ः निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनको लागिफरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाजुरामा प्रत्यक्षतर्फका उम्मेदवार हेमराज थापा लाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उजुरीमा उल्लेख भएअनुसार थापाले मार्तडी-कोल्टी सडक निर्माण परियोजना सम्बन्धमा ठेकेदार “पीएस बानियाँ जेभी” सँग जोड्दै बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक, धम्कीपूर्ण र अभद्र भाषा प्रयोग गरेको साथै उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा समेत पोस्ट गरेको दाबी गरिएको छ ।

थापामाथि सो सम्बन्धमा असभ्य तथा धम्कीपूर्ण अभिव्यक्तिहरू दिए कि दिएनन्, र आर्थिक स्रोत संकलन गर्दा आचारसंहिता बमोजिमको व्यवस्था पालनामा त्रुटि भयो कि भएन् सोही सम्बन्धमा स्पष्टीकरण मागिएको आयोगले जनाएको छ । आयोगले आचारसंहिता, २०८२ को दफा २१(ख) तथा दफा २५(१)(च) र (ज) बमोजिम थापालाई जवाफ दिन तीन दिनभित्र समयसीमा पनि तोकेको छ ।

साथै आयोगले निर्वाचन उम्मेदवार तथा विभिन्न व्यक्ति वा सञ्चारमाध्यमद्वारा ८८ लक्षित भ्रामक-अमर्यादित सन्देश प्रकाशन-प्रसारण गरेको आरोप लगायतका मुद्दाहरूका लागि प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि पठाएको पनि बताइएको छ ।

यो स्पष्टीकरण माग्ने प्रक्रिया आयोगले लागू गरेको निर्वाचन आचारसंहिताको निगरानी तथा कार्यान्वयन योजना को एक हिस्सा हो । आयोगले देशभर विश्लेषण गरिएको उजुरी तथा प्रमाणका आधारमा २९ भन्दा बढी उम्मेदवार, पार्टी वा सम्बन्धित पक्षहरूलाई स्पष्टीकरण सोधिसकेको छ, जसमा धेरैले आफूसँग आएका मुद्दाहरूको जवाफ पनि पेश गरिसकेका छन् ।
 

प्रतिक्रिया