गाैमुल खबर डटकम शुक्रबार ०९, माघ २०८२ ०९:१०

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा २१० उम्मेदवार चुनावी प्रतिस्पर्धामा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ०७, २०८२
सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा २१० उम्मेदवार चुनावी प्रतिस्पर्धामा

बाजुरा ः सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मनोनयन दर्ता भएको हो ।

प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १६ निर्वाचन क्षेत्रमा गरी जम्मा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती उम्मेदवारहरू विभिन्न राष्ट्रिय तथा क्षेत्रीय राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् ।

निर्वाचन कार्यालयका अधिकारीहरूका अनुसार मनोनयन दर्ताका क्रममा कुनै अप्रिय घटना नघटेको र सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । उम्मेदवारी दर्ता भएपछि अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता तथा चुनावी प्रचार–प्रसारका कार्यक्रमहरू क्रमशः अघि बढ्नेछन् ।

प्रदेशभर प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू चुनावी रणनीति बनाउने तयारीमा जुटिसकेका छन् भने मतदातामा पनि चुनावी चासो बढ्दै गएको देखिन्छ । निर्वाचन कार्यालयले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिक्रिया