गाैमुल खबर डटकम शुक्रबार ०९, माघ २०८२ ०९:०८

शिक्षा शाखा प्रमुख जोशी निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, माघ ०७, २०८२
शिक्षा शाखा प्रमुख जोशी निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त

बाजुरा ः बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा दयाराम जोशी नियुक्त भएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवबहादुर चौधरीको सरुवा भएपछि जोशीलाई उक्त जिम्मेवारी दिइएको हो ।

यसअघि गाउँपालिकाको शिक्षा शाखा प्रमुखका रूपमा कार्यरत जोशीलाई आज एक कार्यक्रमबीच पदभार ग्रहण गराउँदै स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

पदभार ग्रहणपछि जोशीले गाउँपालिकाको प्रशासनिक सुधार, सेवा प्रवाह र विकासमा प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । शिक्षा क्षेत्रमा योगदान पुर्याएका जोशीको अनुभव र कार्यशैलीले गाउँपालिकाको सुशासन र समग्र विकासमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ ।
 

प्रतिक्रिया