गाैमुल खबर डटकम शुक्रबार ०९, माघ २०८२ ०९:०९

बाजुरामा एमालेका लालबहादुर थापाको उम्मेदवारी दर्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ ०६, २०८२
बाजुरामा एमालेका लालबहादुर थापाको उम्मेदवारी दर्ता

बाजुरा ः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट बाजुरामा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले बाजुरामा नेकपा एमालेप्रति जनताको भरोसा र समर्थन अझै मजबुत रहेको दाबी गरे ।

जनताको विश्वास, साथ र उत्साहले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले आफ्नो पक्षमा निर्वाचन परिणाम आउनेमा पूर्ण विश्वस्त रहेको बताए ।

नेकपा एमालेको संगठन गाउँ-गाउँसम्म सुदृढ रहेको उल्लेख गर्दै थापाले पार्टीको स्पष्ट नीति, जनमुखी कार्यक्रम र संगठनात्मक शक्तिका आधारमा यस निर्वाचनमा उत्साहजनक र ऐतिहासिक परिणाम आउने विश्वास व्यक्त गरे ।

उनले बाजुराको विकास, सुशासन र जनताको जीवनस्तर सुधारका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको धारणा राखेका छन् ।

साथै, उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचन प्रशासन तथा आम मतदातालाई सहयोग र संयम अपनाउन आग्रह गरे । लोकतन्त्रको उत्सवलाई सफल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
 

प्रतिक्रिया