गाैमुल खबर डटकम शनिबार ०३, माघ २०८२ १०:५८

नव युवा पुस्ताको साझा चाहना : नरेश कुमार रोकायालाई उम्मेदवार बनाइनुपर्छ, अन्यथा क्षति हुनसक्ने चेतावनी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, माघ ०३, २०८२
नव युवा पुस्ताको साझा चाहना : नरेश कुमार रोकायालाई उम्मेदवार बनाइनुपर्छ, अन्यथा क्षति हुनसक्ने चेतावनी

बाजुरा ः आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाजुरामा युवा नेता नरेश कुमार रोकायालाई उम्मेदवार बनाइनुपर्ने माग तीव्र रुपमा अघि बढिरहेको छ । जिल्लाका युवादेखि आम नागरिक सम्मको साझा चाहना नरेश रोकायाको उम्मेदवारी रहेको जनाइएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव रामचन्द्र रोकाया (आर.सी.) ले यसपटकको निर्वाचनमा युवाको नेतृत्व स्थापित गर्नु समयको अपरिहार्य आवश्यकता भएको बताएका छन् ।

उनका अनुसार, “यदि अग्रज नेताहरूले युवा नेतृत्वलाई साथ नदिने हो भने, बाजुरेली युवाबाट अपेक्षित समर्थन र सहयोग पाउन कठिन हुनेछ ।” आर.सी. रोकायाले अहिलेको पुस्ता स्पष्ट रूपमा परिवर्तनको पक्षमा उभिएको उल्लेख गर्दै जेन्जी आन्दोलनको म्यान्डेटसमेत युवाकै हातमा रहेको बताएका छन् ।

भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र दिगो विकासका लागि अब युवाको नेतृत्व अपरिहार्य भइसकेको उनको भनाइ छ । उनले नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका युवा नेता नरेश कुमार रोकाया समग्र नेपाली युवाको प्रतिनिधित्व गर्न सक्ने क्षमता, अनुभव र दृष्टिकोण बोकेको व्यक्तित्व भएको दाबी गरे ।

“बाजुरामा नेकपा एमालेका तर्फबाट नरेश कुमार रोकाया बाहेक अहिलेको सन्दर्भमा अर्को बलियो र सर्वस्वीकार्य विकल्प देखिँदैन,” उनले स्पष्ट पारे । स्थानीय युवाहरूका अनुसार नरेश कुमार रोकायामा युवाको जोश, जनताको भरोसा र परिवर्तन प्रतिको स्पष्ट प्रतिबद्धता देखिन्छ ।

उनको उम्मेदवारीले निर्वाचन जित्ने मात्र होइन, निर्वाचनपछि आम बाजुरेली जनताको सेवामा समर्पित भएर काम गर्ने विश्वासिलो आधार प्रदान गर्ने युवाहरूको ठहर छ ।

युवाको आकांक्षा, जनताको अपेक्षा र समयको मागलाई सम्बोधन गर्दै नरेश कुमार रोकायाको उम्मेदवारीले बाजुरामा नेकपा एमालेको विजय यात्रा सुनिश्चित गर्ने विश्वास स्थानीय स्तरमा दिनप्रतिदिन बलियो बन्दै गएको छ ।

प्रतिक्रिया