गाैमुल खबर डटकम शुक्रबार ०९, माघ २०८२ ०३:०७

लोकगायक प्रकाश थापाको नयाँ डेउडा गीत ‘छम्कली बौजु’ सार्वजनिक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०२, २०८२
लोकगायक प्रकाश थापाको नयाँ डेउडा गीत ‘छम्कली बौजु’ सार्वजनिक

बाजुरा ः नेपाली लोकगीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक प्रकाश थापाको नयाँ डेउडा गीत ‘छम्कली बौजु’ सार्वजनिक गरिएको छ ।

गायक स्वयं प्रकाश थापा र राजेन्द्र शाह ‘बीपी’को शब्द सिर्जनामा तयार भएको यस गीतको लय सन्तोष शर्मा थापाले भरेकी हुन् ।

गायनमा प्रकाश थापालाई गायिका गौरी भट्टले साथ दिएकी छन्, जसले गीतलाई थप जीवन्त बनाएको छ । गीतको संगीत संयोजन (एरेन्ज) चर्चित संगीतकार बिनोद बाजुरालीले गरेका छन् ।

गीतको भिडियो भीम थापाको कोरियोग्राफी तथा निर्देशनमा निर्माण गरिएको हो ।भिडियोमा दीर्घ साउँद, अविनाश सिंह, कृतिका साउँद, मनिशा रावल, ईश्वरी बडुवाल लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

‘छम्कली बौजु’को भिडियो प्रकाश थापाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । डेउडा संगीतप्रेमी दर्शक-श्रोताबाट गीतले सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया