गाैमुल खबर डटकम सोमबार २८, पुष २०८२ ०१:२८

सुदूरपश्चिमका ६ स्थानीय तह गरिबीको शीर्ष-१० सूचीमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, पुष २७, २०८२
सुदूरपश्चिमका ६ स्थानीय तह गरिबीको शीर्ष-१० सूचीमा

धनगढी ः राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०८२’ प्रतिवेदनले नेपालमा गरिबीको अवस्था अझै गम्भीर रहेको देखाएको छ। प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन्।

प्रतिवेदनले सार्वजनिक गरेको विवरण अनुसार गरिबीको दर सबैभन्दा बढी रहेका १० स्थानीय तहमध्ये ६ वटा सुदूरपश्चिम प्रदेशका रहेका छन्। यसले सुदूरपश्चिममा गरिबीको समस्या अझै चुनौतीपूर्ण अवस्थामा रहेको स्पष्ट पार्छ। तालिकाअनुसार अछामको ढकारी गाउँपालिका गरिबीको दर उच्च रहेको स्थानीय तहको सूचीमा तेस्रो स्थानमा छ।

यस्तै बैतडीको सिगास गाउँपालिका र अछामको कमलबजार नगरपालिका क्रमशः चौथो र पाँचौँ स्थानमा परेका छन्। त्यसैगरी डोटीको शिखर नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिका क्रमशः सातौँ र आठौँ स्थानमा रहेका छन् भने बैतडीको शिवनाथ गाउँपालिका गरिबीको दर उच्च रहेको सूचीको दसौँ स्थानमा छ।

अछामको ढकारी गाउँपालिकाकोमा गरिबीको दर ७० दशमलव ५७ प्रतिशत छ। पालिकाको कुल जनसंख्या २१ हजार ९९८ मध्ये १४ गरिबको संख्या १५ हजार ५२५ छ। यस्तै, बढी गरिबीको दर भएको दश पालिकाको सूचीमा चौथो स्थानमा रहेको बैतडीको सिगास गाउँपालिकामा गरिबीको दर ६६ दशमलव ८ प्रतिशत छ, पालिकाको जनसंख्या २१ हजार ८१४ रहेकामा गरिबको संख्या १४ हजार ५८६ छ।

बढी गरिबीको दर भएका मुलुकभरका दश स्थानीय तहको पाँचौ स्थानमा रहेको अछामको कमलबजार नगरपालिकामा गरिबीको दर ६६ दशलव ८ प्रतिशत छ। यो पालिकाको जनसंख्या २१ हजार ३२ मध्ये गरिबको संख्या १४ हजार ४९ जना छ। मुलुकभर बढी गरिबीको दर रहेको दश पालिकाको सूचीमा सातौं स्थानमा रहेको डोटीको शिखर नगारपालिकामा गरिबीको दर ६५ दशमदव ३४ प्रतिशत छ।

पालिकाको जनसंख्या ३० हजार ३९९ मध्ये गरिबको संख्या १९ हजार ८६३ रहेको तथ्याङ्क छ। यस्तै, बढी गरिबीको दर रहेको देशभरका पालिका मध्ये आठौं स्थानमा रहेको बाजुराको त्रिवेणी नगरपालिकामा गरिबीको दर ६५ दशमल १७ प्रतिशत छ। त्रिणेणीको कुल जनसंख्या १७ हजार ७८९ रहेकामा गरिबको संख्या ११ हजार ५९९ छ। बढी गरिबो दर भएका दश स्थानीय तहको सूचीमा दशौं स्थानमा रहेको बैतडीको शिवनाथ गाउँपालिकामा ६४ दशमलव ७ प्रतिशत गरिबीको दर छ।

पालिकाको कुल जनसंख्या १८ हजार ६४ मध्ये गरिबको संख्या ११ हजार ५७३ रहेको तथ्याङ्क छ। प्रतिवेदनले जिल्लागत अवस्थासमेत उजागर गरेको छ। सुदूरपश्चिमको अछाम जिल्लामा गरिबीको दर ४९ दशमलव ५८ प्रतिशत रहेको उल्लेख छ, जुन प्रदेशमै अत्यधिक हो। यसबाहेक बैतडी, बाजुरा, डोटी र बझाङ जिल्लामा पनि गरिबीको रेखामुनि रहेको जनसंख्या उल्लेख्य रहेको प्रतिवेदनले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार क्षेत्रगत, भौगोलिक र संरचनागत कारणले सुदूरपश्चिमका पहाडी तथा दुर्गम स्थानीय तहहरूमा गरिबीको दर उच्च देखिएको हो। प्रतिवेदनले गरिबी न्यूनीकरणका लागि लक्षित कार्यक्रम, रोजगारी सिर्जना, आधारभूत सेवा विस्तार र स्थानीय उत्पादन प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ। दिनेश खबरबाट साभार गरिएको हो ।

प्रतिक्रिया