गाैमुल खबर डटकम आइतबार २७, पुष २०८२ ०६:४५

संगठन सुदृढ बन्दै, दलित नेतृत्वका लागि तयार छन् : उत्पीडित जातीय मुक्ति समाज गौमुलको दोस्रो अधिवेशन सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, पुष २६, २०८२
संगठन सुदृढ बन्दै, दलित नेतृत्वका लागि तयार छन् : उत्पीडित जातीय मुक्ति समाज गौमुलको दोस्रो अधिवेशन सम्पन्न

बाजुरा ः उत्पीडित जातीय मुक्ति समाज गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशन शनिबार भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले पुनः कौशल विकलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । नयाँ नेतृत्व चयनसँगै संगठनलाई अझ बलियो, अनुशासित र संघर्षशील बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नवगठित कमिटीको उपाध्यक्षमा तिलक विक, सचिवमा तुसार सार्की, उपसचिवमा कलक चदाँरा र गोपाल विक चयन भएका छन् भने कोषाध्यक्षमा अमृता विक चयन भएकी छन् । सदस्यहरूमा नर्तिभा विक सहित १५ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

गाउँ कमिटी अध्यक्ष कौशल विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका सचिव काँशी विक, उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुशीला मिजार, जिल्ला कमिटी सदस्य गोरख बोहरा, अमर विक, गीता रोकाया, गणेश थापा, शान्ति विक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

साथै उत्पीडित जातीय मुक्ति समाजका जिल्ला उपाध्यक्ष लछी विक, सचिव हरिकेश नेपाली, कोषाध्यक्ष नर्मा विक, गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, उपसचिव कलक रोकाया, पूर्व जिल्ला कमिटी सदस्य मैना चदाँरा लगायत नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले दलित समुदाय अब केवल पछाडी पारिएको वर्ग नभई नेतृत्वदायी भूमिकामा पुग्न पूर्ण रूपमा सक्षम भइसकेको उल्लेख गरेका छन् ।

राज्य र पार्टी संरचनामा समान सहभागिता सुनिश्चित नगरे आन्दोलन थप सशक्त हुने र अधिकारका लागि संघर्ष निर्णायक मोडमा पुग्ने चेतावनी पनि दिइएको छ ।

नेताहरूले संगठनलाई जति बलियो बनाइन्छ, त्यति नै दलित समुदायको आवाज बुलन्द हुने र अधिकार स्थापित हुने स्पष्ट पारेका छन् ।

गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजित अधिवेशनमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । अधिवेशनले उत्पीडित समुदायको एकता, आत्मविश्वास र नेतृत्व क्षमतामा नयाँ ऊर्जा थपेको सहभागीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया