गाैमुल खबर डटकम बिहीबार २४, पुष २०८२ ०३:००

बुढीगंगा नगर सभाको १३ औँ अधिवेशन सम्पन्न, ‘नगर निर्माण तथा विकास वर्ष’ घोषणा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष २२, २०८२
बुढीगंगा नगर सभाको १३ औँ अधिवेशन सम्पन्न, ‘नगर निर्माण तथा विकास वर्ष’ घोषणा

बाजुरा ः बुढीगंगा नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८२ पारित गर्दै सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षलाई नगर निर्माण तथा विकास वर्षका रूपमा मनाउने र ऐन संग्रह नै निर्माण गरी कामलाई पारदर्शी र जनतामैत्री बनाउने निर्णय गरिएकाे नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । 

नगर सभाले स्थानीय शासन प्रणाली सुदृढ बनाउने, सेवा प्रवाहलाई प्रभावकारी गर्ने तथा विकास निर्माणलाई गति दिने उद्देश्यले विभिन्न नयाँ ऐन तथा कार्यविधि पारित गरेको छ । यसैगरी केही विद्यमान ऐन तथा कार्यविधिहरू संशोधन समेत गरिएको नगर प्रमुख बानियाँले बताएका छन् ।

अधिवेशनबाट पारित भएका नयाँ ऐन तथा विधेयकहरूमा आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन, उद्योग तथा व्यवसाय दर्ता तथा नियमन ऐन, कृषि तथा पशुपन्छी ऐन, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन, फोहरमैला व्यवस्थापन ऐन, जनस्वास्थ्य ऐन, सुशासन ऐन, स्थानीय सार्वजनिक सवारी तथा यातायात व्यवस्था ऐन, बुढीगंगा नगरपालिकाको प्रशासनिक कार्यविधि ऐन, आकस्मिक कोष व्यवस्थापन सम्बन्धी विधेयक तथा आधारभूत तथा माध्यमिक तहको शिक्षा व्यवस्थापन ऐन २०८२ रहेका छन् ।

त्यसैगरी उपभोक्ता हकहित संरक्षण ऐन २०७९, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन २०८०, जलस्रोत ऐन २०८०, पूर्वाधार व्यवस्थापन ऐन २०७८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७९ तथा संघ-संस्था दर्ता ऐन २०७९ लाई संशोधन गरिएको छ ।

नगरपालिकाले पारित ऐन तथा निर्णयहरूले सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रभावकारी बनाउने र नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया