गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०७:१६

नेकपा एमालेद्वारा सुदूरपश्चिमका जिल्ला इन्चार्ज तोक्ने निर्णय, बाजुरामा लालबहादुर थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष २२, २०८२
नेकपा एमालेद्वारा सुदूरपश्चिमका जिल्ला इन्चार्ज तोक्ने निर्णय, बाजुरामा लालबहादुर थापा

बाजुरा ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले केही पुराना र केही नयाँ नेताहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।

बैठकको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा निम्न व्यक्तिहरुलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । बाजुरा जिल्लाको इन्चार्जमा लालबहादुर थापा, कैलाली जिल्लाको इन्चार्जमा लीला भण्डारी, कञ्चनपुरमा निरु पाल र दार्चुलामा गणेश ठगुन्नालाई जिम्मेवारी दिइएको छ ।

यस्तै, डोटीमा चक्र मल्ल र अछाममा झपट बोहरा तोकिएका छन् । त्यसैगरी, बैतडी जिल्लाको इन्चार्जमा दामोदर भण्डारी, बझाङमा ऐन महर र डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिइएको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया