बाजुरा ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले केही पुराना र केही नयाँ नेताहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।
बैठकको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा निम्न व्यक्तिहरुलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । बाजुरा जिल्लाको इन्चार्जमा लालबहादुर थापा, कैलाली जिल्लाको इन्चार्जमा लीला भण्डारी, कञ्चनपुरमा निरु पाल र दार्चुलामा गणेश ठगुन्नालाई जिम्मेवारी दिइएको छ ।
यस्तै, डोटीमा चक्र मल्ल र अछाममा झपट बोहरा तोकिएका छन् । त्यसैगरी, बैतडी जिल्लाको इन्चार्जमा दामोदर भण्डारी, बझाङमा ऐन महर र डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिइएको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।





प्रतिक्रिया