बाजुरा ः बाल विवाह सम्बन्धी मुद्दामा फरार बाजुराका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत बाजुराको मिति २०८२ असार २६ गतेको फैसलाले वाल विवाह सम्बन्धी मुद्दामा ७ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको बडिमालिका नगरपालिका-६ कोर्ध बस्ने ३४ वर्षीय हर्कबहादुर बडुवाल पक्राउ परेका हुन्।
बडुवाललाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बडिमालिका नगरपालिका–९ मार्तडी बजारमा पक्राउ गरेको जनाएको छ।





प्रतिक्रिया